Skip to content
Pokharapress Logo
३१ श्रावण २०८२, शनिबार

उपत्यकामा आज इन्द्रजात्रा !

काठमाण्डु।वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने प्रचलन छ ।

सरकारले इन्द्रजात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेवार समुदायले मनाउने इन्द्रजात्राका लागि आज सार्वजनिक विदा दिइएको हो । उपत्यका विदामा सरकारी कार्यालय, नेप्से तथा सेयर बजार बन्द हुन्छ ।

arrow प्रतिक्रिया दिनुहोस्