काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएको छन् । संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको नेताको सहभागिता अनिवार्य हुन्छ । तर देउवाले भोलिको बैठकमा सहभागी हुन नसक्ने सन्देश प्रधानमन्त्रीलाई ओलीलाई पठाएका हुन् ।
मंसिर २९ गते नेपाली कांग्रेसले देशव्यापी प्रदर्शनको कार्यक्रम सार्वजनिक गरेको छ । प्रदर्शनको पूर्वसन्ध्यामा हुने परिषदको बैठकमा आफु उपस्थित हुन नसक्ने सन्देश देउवाले नेता रमेश लेखकमार्फत् प्रधानमन्त्री समक्ष पठाएको एक नेताले बताए ।
प्रधानमन्त्री ओलीले परिषदको बैठक (भोलि) आइतबार विहान ९ बजे बोलाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा रिक्त पदमा पदपूर्ति गर्ने तयारीका साथै संवैधानिक परिषदको बैठक बोलाइएको बालुवाटार स्रोतले बतायो ।
भोलि नै नेकपाको स्थायी कमिटी बैठक पनि बोलाइएको छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.