काठमाण्डु। भ्रष्टचारमा चुर्लुम्म डुबेपनि कमिशन र मुनाफा खुवाउँदै आएको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो ।त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।
