Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

चीन भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिएको छ: प्रधानमन्त्री प्रचण्ड

loading views..
Nepal Telcome

काठमाण्डु। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पछिल्लो चीन भ्रमणका क्रममा भएका छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको बताएका छन्।
उनले विगतमा भएका समझदारीको कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धतासमेत व्यक्त भएको उल्लेख गरे। प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले चीनका राष्ट्रपति सी चिनपिङले गरेका भ्रमणपछि नेपालबाट गरिएको पहिलो उच्चस्तरीय भ्रमणका रूपमा आफ्नो चीन भ्रमण भएको उल्लेख गरे।
प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही सेप्टेम्बर १७ देखि २१ सम्म संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भई सम्बोधन गरेका थिए। सम्बोधनपश्चात् सेप्टेम्बर २३ देखि ३० सम्म जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी उनी यही असोज १३ गते स्वदेश फर्किएका हुन्।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन र चीनका प्रधानमन्त्री ली छियाङको निमन्त्रणमा चीन भ्रमणमा जानुअघि पनि आफूले सदनलाई जानकारी गराएको प्रधानमन्त्रीले उल्लेख गरे।
चीन भ्रमणका दौरान चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग सारभूत पक्षमा भएको छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको तथा विगतमा भएका समझदारीको कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त भएको प्रधानमन्त्री दाहालले उल्लेख गरे।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link