Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

वीरगञ्जको घण्टाघरमा जडान गरिएको बत्ती चोर्ने एक भारतीयसहित दुई जना पक्राउ

loading views..
Nepal Telcome

वीरगञ्ज। वीरगञ्जको घण्टाघर क्षेत्रलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ति तोडफोड गर्ने र चोर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय वीर्ताबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज– ८ का १८ वर्षिय अविनाश खत्री र भारतको मोतीहारी घर भएका १८ वर्षिय नितेश मल्लिकलाई आइतवार बेलुकी घण्टाघर क्षेत्रबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सिसि टिभीमा रेकर्ड भएको दृश्यका आधारमा अनुसन्धान गर्दै जाँदा चोरीको घटनामा खत्री र मल्लिक संलग्न रहेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।दुवै जनालाई .वडा प्रहरी कार्यालय वीर्तामा राखेर अभद्र व्यवहार कसूरमा मुद्धा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक कु्मारबिक्रम थापाले जानकारी दिनुभयो ।
महानगरपालिकाले घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरेको बत्ति गत शुक्रबार राति तोडफोड गरिनुको साथै चोरीसमेत भएको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link