Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

जब पोल खोल्ने डर भयो……!

loading views..
Nepal Telcome

वीरगन्ज। २०८० सालको असोज १ गते, गाउँशहरतिर बिश्वकर्मा पूजाको रौनक थियो, पर्साको जगरनाथपुर गाउँपालिका( ५ मसिहानीकी ५६ वर्षीया कान्तिदेवी विन भने दिनभर आफ्नो घरको काम गरेर राति मस्त निन्द्रामा हुनुहुन्थ्यो । मध्य रात करिब १२ बजे आफ्नो घरमा चिनेको अनुहारहरु एकाएक छिर्छन् । कान्तिदेवीलाई शुरुमा आफन्तहरु केही परेर बोलाउन आएका हुन् कि भन्ने लाग्छ तर यी आफन्तरुपी राक्षकसहरु कान्तिदेवीको प्राण लिनका लागि आएको कुरा उहाँलाई पत्तै भएन । पर्सा प्रहरी अनुसार कान्तिदेवीको देवर पर्ने ३६ वर्षीय लालबाबु राउत विन, जेठाजु पर्ने ५६ वर्षीय चन्द्रिका राउत विन र ५७ वर्षीय अमिरिका राउत विन घरमा छिरेका थिए । वैदेशिक रोजगारीमा रहेका कान्तिका छोराले पठाउँदै आएको रकम चोरी गर्ने उद्देश्यले उनीहरू घरमा सुरुङ बनाएर उनीहरु घरभित्र प्रवेश गरेका थिए। पर्साका प्रहरी उपरीक्षक कोमलविक्रम शाहका अनुसार कान्तिदेवीले चोरी गर्न गएकाहरूलाई चिनेपछि रहस्य खुल्ने डरले सिरानीले मुख थुनेर घाँटी रेटेर रड प्रहार गरी हत्या गरेका थिए। मृतकका देवर पहिलो चरणको अनुसन्धानमा असोज ७ मा पक्राउ परेपछि उनकै बयानको आधारमा थप दुईजना असोज १४ गते पक्राउ परेको मंगलबार पत्रकार सम्मेलन गरी पर्सा प्रहरीले जानकारी दिएको हो । प्रहरी उपरीक्षक शाहले हत्या अभियोगमा पक्राउ परेकाहरूको पोलिग्राफ परीक्षण भइसकेको जानकारी दिनुभयो । उनीहरूलाई हिरासतमा राखेर कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link