Skip to content
Pokharapress Logo
१७ फाल्गुन २०८२, आईतवार

वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि हुँदा आयात भने निकै कमजोर

loading views..

वीरगञ्ज। वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा नेपालबाट बाहिरिने सामानको तुलनामा भारतसहित तेश्रो मुलुकबाट सामान आयात हुने क्रम ह्वात्तै बढेको छ ।वीरगञ्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको भदौसम्म्ममा जम्मा ९ करोड, ९६ लाख, ८९ हजार ६सय १० रुपैँया बरावरको सामान आयात हुँदा यही अवधिमा जम्मा ५२ लाख, ९३ हजार ८ सय २४ रुपैयाँका सामान मात्रै निर्यात भएको छ ।

गएको आर्थिक वर्षको यही अवधिमा भने यो नाकाबाट १२ करोड, १० लाख, ६३ हजार ६ सय ६८ रुपैयाँको आयात हुँदा ७ करोड, ५ लाख, ७ हजार ५ सय ६३ रुपैँया बरावरको सामान निर्यात भएको थियो ।चालु आर्थिक वर्षको भदौमा मात्र वीरगञ्जबाट पाँच करोड, १३ लाख, ९३ हजार ५ सय ९३ रुपैँयाको आयात हुँदा २८ लाख, १४ हजार, ६ सय ८७ रुपैँयाको निर्यात भएको छ ।चालु आर्थिक वर्षको दुई महिनामा भने नौं करोड, ४३ लाख,९५ हजार, ७ सय ८५ रुपैँयाको ब्यापार घाटा भएको छ भने यो अवधिमा दश करोड, ४९ लाख, ८३ हजार, चार सय ३४ रुपैयाँको बैदेशिक कारोबार भएको पनि वीरगञ्ज भन्सार कार्यालयको विवरणमा उल्लेख छ ।यो अवधिमा पनि सबैभन्दा बढी डिलेज नै आयत भएको छ भने निर्यातसम्म फलफुलको जुस नै रहेको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्