Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

अब माओवादी केन्द्रसँग वार्ताको औचित्य समाप्त भयो:डा०बाबुराम

loading views..

काठमाण्डु। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालका लागि माओवादी केन्द्रसँग वार्ताको औचित्य नरहेको बताएका छन् ।
बुधबार सकिएको पार्टीको कार्यकारिणी समितिको निर्णय सार्वजनिक गर्न बिहीबार एक विज्ञप्ति जारी गर्दै भट्टराईले माओवादी केन्द्र संसदीय अंकगणित मिलाएर सत्तामा टाँसिइरहने प्रवृत्ति देखाइरहेको आरोप लगाएका छन् ।
‘माओवादी केन्द्रको नेतृत्वले त्यो महत्वपूर्ण नौ–बुँदे प्रस्तावमाथि छलफल नै गर्न नचाहेको र सिद्धान्तनिष्ठ नयाँ समाजवादी केन्द्रको निर्माणमा भन्दा तत्काल संसदीय अंक गणित मिलाएर सत्तामा टाँसिरहने प्रवृति देखाइरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

माओवादी केन्द्र दाउपेचको राजनीति गरिरहेको डा० भट्टराईले आरोप लगाएका छन् । ‘हालै माओवादी केन्द्रको नेतृत्वले हाम्रो पार्टीका एक अध्यक्षलाई पठाएको पत्रले पनि रुपान्तरण सहितको समाजवादी ध्रुवीकरण भन्दा दाउपेचको राजनीति मात्रै गर्न खोजिरहेको झल्को दिन्छ’ विज्ञप्तिमा भनिएको छ, ‘यो स्थितिमा हामीले प्रस्तुत गरेको ९– बुँदे समष्टीगत प्रस्ताव बारे माओवादीकोे औपचारिक धारणा नआएसम्म माओवादी केन्द्रसँग वार्ताको औचित्य नरहेको हाम्रो पार्टी प्रष्ट पार्न चाहन्छ ।’
बाबुराम भारत भ्रमणमा रहेका बेला माओवादी अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष महिन्द्र राय यादवलाई सम्बोधन गर्दै पार्टी एकताको प्रस्तावसहित पत्र पठाएका थिए, जसमा पार्टीको नाम फेर्न सकिने उल्लेख थियो ।

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्