Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

मिथिलाञ्चलमा मनाइने जितिया पर्व शुरु, शुक्रवार वीरग ञ्जका विद्यालयमा बिदा

loading views..
Nepal Telcome

वीरगञ्ज। जितिया पर्व बिहीवारदेखि मिथिलाञ्चलमा धार्मिक विधिपूर्वक शुरु भएको छ । सन्तानको दीर्घायु तथा पारिवारिक सुख शान्तिका लागि जितिया पर्व मनाउने गरिन्छ ।नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र मानिने जितिया पर्व मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खाने) विधि गर्दै बिहीवारदेखि शुरु भएको हो ।

व्रत बस्नु अघि महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर त्यही ठाउँमा घिरौलाको पातमा जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रुपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गरिन्छ ।शुक्रवार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवम् निर्जल व्रत बसेर शनिवार बिहान साढे १० बजेपछि मात्रै वर्तालुले व्रत सम्पन्न गर्ने जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताउनुभयो । व्रत बस्नु अघिल्लो दिनमै वर्तालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, सक्खर र तोरीको तेलसहितका पदार्थ चढाउनुपर्छ ।

देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना सन्तानलाई पनि लगाउन दिनुपर्छ । व्रतको पहिलो दिन आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ ।यसैबीच जितिया पर्वको अवसरमा वीरगञ्ज महानगरपालिकामा रहेका विद्यालयहरुमा शुक्रवार बिदा दिइएको छ ।वीरगञ्ज महमनगरपालिका नगरपालिकाको कार्यालयले बिहीबार एक सूचना जारी गरेर जितिया पर्वको अवसरमा शुक्रबार महानगरका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विदा दिइएको जनाएको छ ।प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जारी गरेको सूचनामा शुक्रवारका दिन वीरगञ्जमा रहेका सबै विद्यालयमा विदा दिने निर्णय गरिएको उल्लेख छ ।तराई मधेसमा मनाइने जितिया यस क्षेत्रका महिलाहरुको महान पर्वको रुपमा रहेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link