Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

कोशीमा राजनैतिक संकट गहिरियो हिक्मत कार्कीले मुख्यन्त्रीबाट दिए राजिनामा

loading views..

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पदबाट राजीनामा दिएका छन्। शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले राजीनामा दिएका हुन्।प्रदेश सभाको बैठकमा बोल्दै कार्कीले देशको राजनीति र आर्थिक अवस्थाले सबै पक्ष एक हुन आवश्यक रहेको बताए। कसैको पनि बहुमत नभएकोले कोशीमा मिलीजुली सरकार बनाएर अघि बढ्न अवयस्क रहेको धारणा राखे।

आफ्ना आग्रहमा रहिरहे केही महिनामै मध्यावधि हुने। तर, मध्यावधि अहिलेको आवश्यकता  नभएको उनको भनाइ थियो। सहमतिको सरकारका लागि एमाले तयार रहेको उनले स्पष्ट पारे। ‘एमाले सहमति र सहकार्यका लागि तयार छ।’ उनले भने। प्रदेश प्रमुख समक्ष पदबाट राजीनामा दिने प्रदेश सभामा उनले जानकारी दिए।प्रदेशसभाको आजको बैठकमा उनले विश्वासको मत लिने कार्यक्रम थियो। मुख्यमन्त्री कार्कीले यसअघि गत भदौ २२ गते साँझ पद तथा गोपनीयताको शपथ लिएका थिए।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्