Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

माओवादी केन्द्रको प्रचार बिभाग भेलाको सबै तयारी पूरा

loading views..
Nepal Telcome

वीरगञ्ज। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रचार विभागले प्रदेस स्तरीय भेला तथा अभिमुखिकरण कार्यक्रमको आयोजना गर्ने भएको छ ।प्रचार तथा प्रकाशन विभाग मधेश प्रदेशको आयोजनामा यही असोज २१ गते (भोली)आइतबार वीरगञ्जको श्रीपुरस्थित क्लासिक ब्वक्वेटमा कार्यक्रमको आयोजना हुने भएको हो ।नेकपा माओवादी केन्द्रका उपाध्यक्ष, प्रचार तथा प्रकाशन विभाग इन्चार्ज एवं पूर्वसभामुख अग्नी सापकोटा र पार्टीका सचिव तथा मधेस प्रदेशका इन्चार्ज लिलामणी पोखरेलले भेलालाई सम्बोधनल गर्ने कार्यक्रम रहेको छ ।प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा माओवादी केन्द्रका मधेस प्रदेशका ८ वटै जिल्लाका इन्चार्ज, पार्टीका केन्द्रिय सदस्य, जनवर्गाीय संगठनको मधेश प्रदेश अध्यक्ष तथा इन्चार्ज लगायतको सहभागीता रहने छ ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय पदाधिकारी तथा प्रदेश पदाधिकारी लगायत जिल्ला अध्यक्ष, सचिवसहित १ सय जनाको सहभागिता रहने माओवादी केन्द्र मधेस प्रदेशका प्रचार तथा प्रकाशन विभागका प्रमुख गोविन्द देवकोटाले जानकारी दिनु भयो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link