गोरखा। गोरखाको पालुुङटार नगरपालिकामा थप दुईवटा शहरी स्वास्थ्यकेन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ । नगरपालिका भित्र आधारभूत स्वास्थ्य सेवाको सहज सुविधा पुग्न नसकेका क्षेत्रका नागरिकहरुमा सहज स्वास्थ्य उपचार सेवा पुर्याउनका लागि शनिबार एकैदिन दुईवटा स्वास्थ्यकेन्द्र सञ्चालनमा ल्याइएको नगरप्रमुख विवस चिन्तनले जानकारी दिनुभयो ।नगरबासीका घरआँगनमा नै स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले वडा नम्बर २ को चापाभन्ज्याङ र वडा नम्बर ३ को डुम्रेडाँडामा स्वास्थ्यकेन्द्र सञ्चालन गरिएको उहाँले बताउनुभयो । ‘‘स्वास्थ्य चौकी र अस्पतालसम्म आइपुग्न समस्या रहेका ठाउँहरुको पहिचान गरी केन्द्र स्थापना गरिएको हो, नगरप्रमुख चिन्तनले भन्नुभयो, ‘‘आधारभूत स्वास्थ्य सेवामा सहज सुविधा पु¥याउन नगरपालिकाले काम गरिरहेको छ ।’’केन्द्र सञ्चालनमा आएपछि अवदेखि त्यस क्षेत्रका जनतालाई स्वास्थ्य उपचारमा सजिलो हुने उहाँले बताउनुभयो । शहरी केन्द्रबाट नियमित खोप, दैनिक बिरामी जाँच, सुरक्षित मातृत्व, पोषण लगायतका स्वास्थ्यसेवा प्रदान गरिने नगरपालिका स्वास्थ्य शाखाकी प्रमुख सिर्जना पोखरेलले जानकारी दिनुभयो ।
स्वास्थ्यकेन्द्रमा दुईजना स्वास्थ्यकर्मी सहित तीनजनाको कर्मचारी रहने उहाँको भनाई छ । ‘‘केन्द्रमा एकजना अहेव, एकजना अनमी र कार्यालय साहायकको दरवन्दीको व्यवस्था गरिएको छ, उहाँले भन्नुभयो, ‘‘नागरिकहरुलाई केन्द्रबाट सवैखालका आधारभूत स्वास्थ सेवा उपलब्ध गराइन्छ ।’’चापाभञ्ज्याङ र डुम्रे डाँडा आसपासका जनताले सामान्य उपचारका लागि पनि धाएरै जानुपर्ने बाध्यता रहेको थियो । नजिकको स्वास्थ्य संस्थासम्म आधारभूत स्वास्थ्य सेवाका लागि पनि करिव एकघण्टासम्म धाएर पुग्नुपर्ने बाध्यता रहेको ति क्षेत्रका बासिन्दाहरुलाई केन्द्र सञ्चालनमा आएरसंगै स्वास्थ्य उपचारका लागि सहज हुने उहाँको भनाई छ ।पालुङ्गटार नगरपालिका यसअघि पाँचवटा शहरी स्वास्थ्यकेन्द्र सञ्चालनमा रहेको थियो । थप दुईवटा नयाँ केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएसंगै अव नगरपालिका भित्र रहेको शहरी स्वास्थ्यकेन्द्रको संख्या सात पुगेको छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.