इजरायलमा १० नेपालीको प्यालेष्टिनी आाक्रमणमा मृत्यु

इजरायलमा १० नेपालीको प्यालेष्टिनी आाक्रमणमा मृत्यु

  • सोमबार, असोज २२ २०८०

पोखरा। इजरायलमा भएको प्यालेष्टिनी विद्रोही समूह हमासको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको छ । इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको पुष्टि गरेकी हुन् । मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह छन् । त्यस्तै, मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार, पाँचनली–  ०३ डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको मृत्यु भएको छ ।त्यस्तै, हमास आक्रमणमा चार जना नेपाली घाइते भएको र एकजना बेपत्ता रहेको पनि नेपाली दूतावासले जनाएको छ । घाइते हुनेमा शारदा-२ सल्यानका विधान सेज्वाल, दगिशरण-३ दाङका प्रवीण डाँगी, टिकापुर-९ कैलालीका धनबहादुर चौधरी गोर्खाका हिमाञ्चल कट्टेल छन् । जसमध्ये कट्टेल र चौधरीको अवस्था सामान्य रहेको बताइएको छ ।बेपत्ता हुनेमा भीमदत्त-३ कन्चनपुरका बिपिन जोशी छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.