ओलीलाई आफ्नो मुख देखाएर हिढ्न पनि लाज लागेको छ: अध्यक्ष माधव कुमा नेपाल

ओलीलाई आफ्नो मुख देखाएर हिढ्न पनि लाज लागेको छ: अध्यक्ष माधव कुमा नेपाल

  • सोमबार, माघ ५ २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुख देखाउन गाह्रो भइरहेको बताएका छन् । सोमबार अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई काठमाडौमा सम्बोधन गर्दै उनले सिंगो देश एकातिर र ओली अर्कोतिर भएको भन्दै यस्तो बेला ओलीलाई मुख देखाउन नै कठिन भएको बताए ।

अध्यक्ष नेपालले ओलीले अधिकारको दुरुपयोग गरेको बताएका छन् ।ओलीले चुनाव गर्न खोजेर चुनावको मिति घोषणा नगरेको बताए । ‘उहाँलाई चुनाव गर्नु छैन । संकटकाल लगाएर भएपनि प्रधानमन्त्री भइरहन खोजेको मात्रै हो’ अध्यक्ष नेपालको भनाई छ ।

‘पार्टीमा हाम्रो स्पस्ट बहुमत छ । त्यसकारण सूर्य चिन्ह हाम्रै हो । ओलीको अस्ताउँदो सूर्य हो, उदाउदो सूर्य चिन्ह त हाम्रो हो’, अध्यक्ष नेपालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.