पोखरा। इजरायली सेनाले बंकरमा रहेका नेपाली विद्यार्थीहरुलाई उद्धार गरेको छ । इजरायलको शेदोत नेगेभ र पामे तासाजमा रहेका विद्यार्थीलाई इजरायली सेना, स्थानीय संस्था र गैरआवासीय नेपाली संघको सहायतामा सुरक्षित स्थानमा सारी उद्धार गरिएको हो ।
हायात रोडमा रहेका ११ मध्ये ९ जनाको उद्धार भइसकेको छ भने बाँकी दुई पनि सुरक्षित स्थलमा लगिने क्रममा छन् ।
कृषि अध्ययनका लागि बस्ने क्रममा हमासको आक्रमणमा परेका उनीहरु बंकरमा लुक्दै आएका थिए ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.