पोखरा। भारतको बिहारमा रेल दुर्घटना भएको छ । बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्युको पुष्टि भएको छ भने दर्जनौ घाइते भएका छन् ।दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो । भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् ।
यो दुर्घटनामा एक महिला, उनकी आठ वर्षीया छोरी र अन्य दुई युवाको मृत्यु भएको बिहार प्रहरीले जनाएको छ । घाइतेहरु मध्ये केहीको अवस्था निक्कै गम्भीर रहेको प्रहरीले बतायो।उनीहरुको हाल अस्पतालमा उपचार जारी छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.