गोरखा। नेपाली काँग्रेस गोरखाले आज हुने पार्टीको दोस्रो जिल्ला सम्मेलनको सवै तयारी पुरा भएको जनाएको छ । काँग्रेस गोरखाले हिजो जिल्ला पार्टी कार्यालय तीनधारेमामा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीको आज हुन लागेको जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको थियो ।
पत्रकार सम्मेलनमा गोरखा क्षेत्र नम्बर १ (क) का प्रदेशसभाका सांसद समेत रहनुभएका पार्टीका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले दोस्रो अधिबेशनमा नेपाली काँग्रेस गोरखाले दुई बर्षमा जिल्लामा गरेका कामको बारेमा समिक्षा गर्ने बताउनुभयो । जिल्ला भित्रका सवै क्षेत्रबाट सहभागी हुने प्रतिनिधिहरुबाट सम्मेलनमा क्रममा पार्टी प्रति आम नेता कार्यकर्ताको बुझाई, धारणा र अहिलको अवस्थाको बारेमा समेत छलफल गर्ने उहाँले जानकारी दिनुभयो ।‘‘जिल्लाको समग्र विकास निर्माण लगायतका क्षेत्रमा काग्रेसको भूमिका र सम्बन्धित निकायहरुले गरेका काम बारेमा समेत सम्मेलनमा छलफल र समिक्षा हुन्छ ।’’ सभापति न्यौपानले भन्नुभयो । सम्मेलनमा पार्टीका इकाई, प्रदेश र केन्द्रमा रहेका प्रतिनिधिहरु गरी कुल १ हजार ७ सय जनाको सहभागीता रहने उहाँले बताउनुभयो ।
सम्मेलनको पार्टीका केन्द्रीय महामन्त्री गगन थापाले उद्घाटन गर्नुहुने काँग्रेस गोरखाले जनाएको छ । नेपालमा सुशासन कायम गर्दै भष्टाचारको अन्त्य गर्ने भन्ने मुल नाराकासाथ सम्मेलन सम्पन्न गरिने उहाँको भनाई छ ।सम्मेलन सम्पन्न भएपछि सम्मेलनले दिएको दिशानिर्देश अनुसार गाउँगाउँमा पुगेर जनताका समस्या तथा गुनासो सुन्न पार्टी नेतृत्व पुग्ने गरी कार्यक्रम तय गरिने सभापति न्यौपानले जानकारी दिनुभयो ।