Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

नेकपा एमाले मधेश प्रदेशमा सर्वसम्मत नेतृत्व चयन

loading views..

वीरगन्ज। नेकपा एमाले मधेस प्रदेशको प्रदेश कमिटी सर्वसम्मत भएको छ । जनकपुरधाम भएको एमालेको पहिलो अधिवेशनबाट २ सय ३५ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत भएको हो । शुक्रवार अबेरसम्म मधेस प्रदेशका प्रदेश इन्चार्ज योगेश भट्टराई, पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, सचिव रघुवीर महासेठ लगायतका शीर्ष नेताहरूको छलफल पछि चन्देश्वर मण्डलको नेतृत्वमा सबै पदाधिकारी सर्वसम्मत रूपमा चयन गरिएको हो । एमालेले प्रदेश कमिटी सदस्यहरू पनि सर्वसम्मत चयन गरेको जनाइएको छ ।प्रदेश इन्चार्ज भट्टराईका अनुसार लगभग पूर्ण कमिटी सर्वसम्मत भइसकेको छ । पदाधिकारीहरू हिजै सर्वसम्मत भरसकेु उनले भने लगभग ८ जिल्लाबाटै सदस्यहरू पनि सर्वसम्मत भएको अवस्था छ ।

पूर्ण रूपमा सर्वसम्मत भएको कमिटीको नाम बिहान ९ बजेतिर घोषणा गरिने भएको छ ।पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गरेपछि गत बुधबारदेखि सुरु भएको अधिवेशनबाट अध्यक्षमा चन्देश्वर मण्डल चयन भएका छन्। उपाध्यक्षमा विचारी यादव पर्सा, सचिवमा मनोज पौडेल बारा, सहसचिवमा आरती भण्डारी रौतहट र मोहम्मद कैस धनुषा सर्वसम्मत चयन भए ।५ जना पदाधिकारी सर्वसम्मत भएपनि २ सय ३० सदस्यको लागि ४ सय ५० जनाले मनोनयन पत्र लिएका थिए । जसमध्ये २ सय २४ जनाले उम्मेदवारी दर्ता गराएका थिए । तर शीर्ष नेताहरूको जोडबलमा सबै पदमा सहमति गरि सर्वसम्मत सदस्य चयन गरिएको हो ।
जस अनुसार सबैभन्दा बढी पार्टी सदस्य संख्या रहेको धनुषाले ३६ वटा सदस्य पाएको छ । यस्तै सबैभन्दा कम पार्टी सदस्य भएको सप्तरी र रौतहटले २४–२४ वटा सदस्य पाएका छन् ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्