Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

अस्ताए पूर्व नगरप्रमुख पौडेल!

loading views..

कलैया। बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्व नगरप्रमुख डा। कृष्ण पौडेलको आज (शुक्रबार) अन्तिम संस्कार गरिएको छ । हृदयाघातका कारण निधन भएका पौडेलको दुधौराखोलामा शुक्रबार अन्तिम संस्कार गरिएको हो ।
अन्तिम संस्कारका क्रममा श्रद्धाञ्जली अर्पण गर्न पूर्वमन्त्री एवं बारा ४ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसान, जीतपुरसिमरा उपमहानगर प्रमुख राजन पौडेल, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, संघसंस्थाका प्रतिनिधि, समाजसेवी, शिक्षासेवी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।अन्तिम संस्कार पूर्व पौडेलको पार्थिव शरीरलाई वडा नं २ को वडा कार्यालयअगाडि राखेर श्रद्धाञ्जली अर्पण गरिएको थियो । श्रद्धाञ्जली सभामा पूर्वमन्त्री एवं नेकपा एमालेका पुरुषोत्तम पौडेल, प्रतिनिधि सभाका सदस्य अच्युत मैनाली लगायतका एमाले नेता कार्यकर्ताद्वारा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपछि शव यात्रासहित सिमरा बजार परिक्रमा गर्दै दुधौरा खोलामा अन्तिम संस्कार गरिएको थियो ।पूर्व नगरप्रमुख पौडेलको निधनले सिंगो उपमहानगर शोकाकुल बनेको छ । बिहीबार आफ्नै घरमा हृदयाघातका कारण पौडेलको निधन भएपछि जीतपुर सिमरा शोकाकुल बनेको थियो ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्