Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

पर्यटन उद्यमी शाहलाई एशिएन प्रोफेस्नल आउट स्ट्याङ्डिङ हस्पिटालिटी अवार्ड

loading views..
Nepal Telcome

काठमाण्डु। पर्यटन उद्यमी अभिषेक विक्रम शाहलाई आउट स्ट्याङ्डिङ हस्पिटालिटी अवार्ड प्रदान गरिएको छ । व्यवसायी शाहलाई सो क्षेत्रमा अतुलनीय योगदान पुर्याएवापत एशियन प्रोफेस्नल एचिभमेन्ट अवार्ड अन्तर्गतको आउट स्ट्याङ्डिङ हस्पिटालिटी अवार्ड प्रदान गरिएको हो ।
वेष्ट रिेसोर्टका संचालक शाहलाई सिजन मिडियाको आयोजनामा गरिएको विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले उक्त अवार्ड प्रदान गरेका हुन् । नेपालको आतिथ्य उद्योगमा एक प्रतिष्ठित व्यक्तित्वको रूपमा परिचित शाहलाई सो क्षेत्रमा अतुलनीय योगदान पुर्याएवापत उक्त अवार्ड प्रलान गरिएको हो । आफ्नो प्रतिबद्धता र उदाहरणीय नेतृत्वको लागि परिचित शाहको पर्यटन उद्योगमा दुई दशकभन्दा बढीको अनुभव रहेको छ । शाहले होटल/मोटेल प्रशासन/व्यवस्थापनमा स्नातक हासिल गरेका छन् ।
सोल्टी होटलबाट आफ्नो व्यवसायीक यात्रा शुरु गरेका उनले ह्यात रेजेन्सी, समिट ग्रूप होटल एण्ड रिसोर्टमा काम गरे । दुई दशकभन्दा लामो समय पर्यटन उद्योगमा समय विताएका शाहले काठमाडौंको अग्रगामी पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्स लिमिटेडको महाप्रबन्धकको रूपमा सात वर्ष काम गरे जहाँ उनले आफ्नो सफल छाप छाडे । उनको दूरदर्शी नेतृत्वमा चन्द्रागिरि हिल्सले नेपालको पर्यटन परिदृश्यमा आफ्नो स्थान उचाल्दै आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रतिष्ठित गन्तव्यमा परिणत भएको छ ।
पर्यटन उद्योगमा ठूलो योगदान पुर्याएका शाहले भारतको पर्यटन विकास निगमबाट सन् २०१९ मा प्रतिष्ठित “वर्षको सबैभन्दा युवा महाप्रबन्धक“ पुरस्कार प्राप्त गरेका छन् । यसबाहेक, पर्यटन र आतिथ्य उद्योगमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उनलाई सर्टिफिकेट वर्ल्ड बुक अफ रेकर्ड, लन्डनमार्फत अन्तर्राष्ट्रिय मान्यता प्रदान गरियो । यस्तै शाहलाई नेपाल सरकारले राष्ट्रको लागि उत्कृष्ट सेवाको कदर गर्दै प्रबल जनसेवा श्री पदकबाट सम्मानित गरेको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link