सुर्खेत। समाजवादी मोर्चा सुर्खेत गठन गरिएको छ । नेकपा (माओवादी केन्द्र)का सुर्खेत जिल्ला अध्यक्ष जीतवहादुर राना संयोजक रहेको जिल्ला मोर्चा घोषणा
गरिएको छ । मोर्चाको सदस्यहरुमा नेकपा (माओवादी केन्द्र)का तर्फवाट टोपवहादुर दर्लामी, नेकपा एकिकृत समाजवादीका तर्फवाट टोपवहादुर रास्कोटी, खड्क केसी, नेकपाका तर्फवाट जीत सी, योजना सी र जसपाका तर्फवाट दीप नेपाली, गंगा देवकोटा सदस्य रहनुभएको छ ।
मोर्चा घोषणालाई सम्वोधन गर्दे नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संविधानमै समाजवाद उन्मुख ब्यवस्था उल्लेख गरिएकाले दलहरुले समाजवादका विषयमा वहश सृजना गर्नु पर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘संविधानमा समाजवाद उन्मुख ब्यवस्था भनिएको छ । काँग्रेस ,कम्युनिष्टसवैले समाजवाद भनिरहेका छौ । कस्तो समाजवाद हामीले चाहेको हो । वहस गर्न जरुरी भएको छ ।’
नेपाली मौलिकताको समाजवादलाई विकास र स्थापित गरेर मात्र अहिलेको समाजीक अन्तरविरोधलाई हल गर्न सकिने भएकाले आर्थिक सम्पन्ता, समाजिक न्यायलाई एकसाथ वढाउनुपर्ने शर्माले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘जनतालाई सुख र खुसी चाहिएको छ । आर्थिक सम्पन्ता संग सुख र समाजिक न्यायसंग खुसी जोडिएको छ ।’कर्णाली प्रदेश सरकार आर्थिक सम्पन्ताका लागि रोजगारी र समाजीक न्यायका लागि जागरणका कार्यक्रम सञ्चालनको तयारी गरिरहेको शर्माको भनाइ छ ।कार्यक्रममा नेकपा (एकिकृत समाजवादीका जिल्ला सह ईञ्चार्ज कुलदिप भट्टले समाजवाद स्थापनाका लागि कम्युनिष्टपार्टीका विचमा एकता जरुरी भएको वताउनुभयो ।नेकपाका नेता भरत सीले राष्ट्रिय स्वतन्त्रतास्वाधीनता ,सामुहिकतामा समाजबाद बिना सुशासन, शान्ति र समृद्धका लागि समाजवाद अपरिहार्य भएको वताउनुभयो ।