Skip to content
Pokharapress Logo
२० आश्विन २०८३, मंगलवार

मेयर राजन पौडेलबारे फेसबुकमा जथाभावी लेख्ने पत्रकार कोइरालाविरुद्ध साइबर अपराधको मुद्दा

loading views..
Nepal Telcome
नदीपुर दुध

वीरगञ्ज। बारा सिमरा उपमहानगरपालिकाका पूर्वमेयर डा।कृष्ण पौडेलको मृत्युको विषयलाई लिएर सामाजिक सञ्जालमा जथाभावी लेख्ने एकजनाविरुद्ध साइबर अपराधको मुद्दा परेको छ ।बाराकै निजगढ निवासी इन्दीप कोइरालाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा वर्तमान मेयर राजन पौडेलको बारेमा जथाभावी लेखेपछि उनीविरुद्ध बारा प्रहरीमा साइबर अपराधको मुद्दा परेको हो ।
उनले फेसबुकमार्फत मेयर राजन पौडेलका कारण पूर्वमेयर पौडेलको मृत्यु भएको आशय जनाएका छन् ।कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘म यति भन्छु यो निधन होइन हत्या हो, राजनीतिक हत्या हो । नेपाल कम्यूनिष्ट पार्टी९माओवादी केन्द्र० यसको प्रमुख जिम्मेवार हो, अहिलेका मेयर यसको योजनाकार हुन् । तपाइ नगरप्रमुख हुनुनै तपाइको गलत निर्णय थियो । पाप लाग्छ सबैलाई, तपाइलाई यहाँसम्म पुर्‍याउने दलाल नेता, फटहा, पत्रकार र बिरोधी सबैलाई पाप लाग्छ ।यी सबैले रुनु छ।’मेयर राजन पौडेल यही शुक्रबार कोइरालामाथि साइबर अपराधको जाहेरी दिएका हुन् । मेयर पोडेलको जाहेरी दर्ता भएको बारा प्रहरी प्रमुख सुरेश काफ्ले जनाए । उनका अनुसार मेयर पोडेलले मेरो चरित्र हनन् भयो भन्दै जाहेरी दिएका हुन् । त्यो जाहेरी दर्ता भएर अनुसन्धानको प्रक्रियामा रहेको बारा एसपी काफ्लेको भनाइ छ ।यही बारेमा सिमराका मेयर पौडेल भन्छन,‘संवेदनशीलमा घडीमा मेरो बारेमा अनर्गल प्रचार गरियो, जुन गलत हो । त्यही प्रवृतिलाई रोक्नका लागि कानुनी कारवाहीमा अगाडि बढाएको मात्रै हुँ ।’ कोइराला बारा पत्रकार महासंघको कार्यसमिति सदस्य र एभिन्यूजमा कार्यरत छन् ।कोइराला एमाले समर्थक हुन् । उनका आमा दुर्गा कोइराला हालसालै गठन भएको एमाले मधेश प्रदेश कमिटिमा चयन भएकी छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link