Skip to content
Pokharapress Logo
२५ मंसिर २०८२, बिहीबार

एमाले माओबादीको दुरी घट्दै,प्रचण्ड र ओली बीच अकस्मात भेटवार्ता

loading views..

पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच हिजो अकस्मात भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा भएको भेटमा संसदमा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल भएको बालुवाटार स्रोतले बतायो।प्रचण्डसँगको ओलीको यो भेटलाई कतिपयले सत्ता गठबन्धन फुटाउने अर्थमा शंशङ्कित भए।एमाले माओबादी नजिकदै
त्यसो त संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस १२ कात्तिकमा नेपाल आउने तय भएको छ । उनले १४ गते संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले त्यसअघि नै टीआरसी विधेयकलाई अघि बढाउन चाहेका छन् ।
भदौ अन्तिम साता संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन गएका प्रधानमन्त्री ‘प्रचण्ड’ले त्यस अगाडि नै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदबाट पारित गर्ने प्रयास गरेका थिए । तर सहमति जुटेन ।
कानुन न्याय तथा मानव अधिकार समिति अन्तरगतको उपसमितिले सहमतिका आधारमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन लाई संशोधन गर्न बनेको विधेयक’को प्रतिवेदन तयार पारेको छ । त्यसमा केही विषय भने शीर्ष नेताहरुले टुङ्ग्याउनुपर्ने छ ।शुक्रबार भएको भेटमा पनि टीआरसी विधेयक लगायतका विषयमा छलफल भएको बताइएको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्