Skip to content
Pokharapress Logo
९ कार्तिक २०८३, आईतवार

ब्यबस्था जोगाउन प्रमुख तीन पार्टी सँगै उभिने:प्रचण्ड

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको व्यवस्थामाथि प्रश्न उठाउनेहरुलाई प्रमुख दल एक ठाउँमा उभिएर जवाफ दिने बताएका छन् । नेपाली कांग्रेसको चियापान कार्यक्रममा सरिक भएका प्रधानमन्त्री दाहालले मिडियाकर्मीहरुसँगको संक्षिप्त साक्षात्कारमा यस्तो बताएका हुन् । उनले आफूले प्रश्न उठाउनेहरुलाई चूनौतिको रुपमा नलिएको पनि स्पष्ट पारे ।
उनले दलहरुमाथि प्रश्न उठेको भन्दापनि उठाउने कोशिस भैरहेको टिप्पणी गरे । उनले भने,‘अहिले हामीमाथि प्रश्न उठाउने कोशिस भएको छ । प्रमुख राजनीतिक दल एकै ठाउँमा उभिने काम भैरहेको छ । हामी छिट्टै जवाफ दिन्छौं ।´उनले दलहरुको चियापानको संस्कृतिको प्रशंसा गर्दै यस्ताखाले चियापानले दलहरुबीच आपसी सद्भाव र एकता कायम गर्ने विश्वास दिलाए । उनले भने,‘यो चियापान भनेको दलहरुबीच आपसी सद्भाव कायम गर्ने संस्कृति हो । आपसी एकता अभिवृद्धि गर्न पनि यसले मद्धत गर्दछ । राष्ट्रिय राजनीतिलाई स्थिरता दिनको लागि सहमति र एकतासँगै समझदारीमा लैजाने काम गर्दछ ।’
उनले शान्ति प्रक्रियाका बाँकी रहेका कार्यभार पनि छिट्टै पूरा गर्ने विश्वास दिलाए । उनले भने,‘शान्ति प्रक्रिया टुँगो लगाउनेबारे विस्तारै समझदारी बन्दै जान्छ । हिजो मेरो प्रमुख प्रतिपक्षी दलका नेतासँगको भेट पनि त्यसैको कडी हो ।’एमाले माओबादी नजिकदै
उनले आफूले हालै गरेका अन्तर्राष्ट्रिय भ्रमणमा पनि शान्ति प्रक्रिया टुँगो लगाउने विषयमा गम्भीरताका साथ कुरा उठाएको सुनाए । यस्तै, संयुक्त राष्ट्रसंघका महासचिव आज नेपाल आउन लागेको सो भ्रमणमा पनि यो विषयमा छलफल हुने उनको भनाई छ । उनले भने,‘युएनका महासचिव आउँदै हुनुहुन्छ । उहाँसँग जलवायु परिवर्तन, शान्ति प्रक्रिया, आर्थिक विकासाबरे छलफल हुन्छ । उहाँ फर्किएपछि कतारको राजा पनि आउँदै हुनुहुन्छ ।’

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link