Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

पोखरा बिमानस्थल निर्माणमा चरम भ्रष्टचार भएको भन्दै दर्जनौ उजुरी

loading views..

पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा भ्रष्टचारको दर्जनौ उजुरी परेपछि अन्ततअख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । विमानस्थल निर्माणमा कमसल काम र सामग्री प्रयोग गरेको उजुरी परेपछि अख्तियारको प्राविधिकसहित उच्चस्तरीय टोली पोखरा पुगेर छापा मारेको हो ।त्यसो सर्बसाधरणले समेत सहजै देख्न सक्ने कमजोरीहरु देख्न सकिन्छ।
विमानस्थल निर्माणमा गुणस्तरहीन काम भएको र कमिसन लिएको भन्दै २० वटाभन्दा धेरै उजुरी परेपछि छापा मारेको अख्तियार स्रोतले जनाएको छ । अख्तियारले विमानस्थल निर्माण आयोजनामा काम गर्ने कर्मचारीको बैंक खाता पनि रोक्का राखेको छ ।विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीले अख्तियारको टोली पोखराका आएर फाइल हेरेको पुष्टि गरे । उनले विमानस्थलको कामको गुणस्तरमा कुनै समस्या नरहेको दाबी गरे।पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गएको जनवरीमा उद्घाटन भएर सञ्चालनमा आइसकेको छ । तर अहिलेसम्म सम्झौताअनुसारको काम सकिएको छैन ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्