पोखरा बिमानस्थल निर्माणमा चरम भ्रष्टचार भएको भन्दै दर्जनौ उजुरी

पोखरा बिमानस्थल निर्माणमा चरम भ्रष्टचार भएको भन्दै दर्जनौ उजुरी

  • सोमबार, कार्तिक १३ २०८०

पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा भ्रष्टचारको दर्जनौ उजुरी परेपछि अन्ततअख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । विमानस्थल निर्माणमा कमसल काम र सामग्री प्रयोग गरेको उजुरी परेपछि अख्तियारको प्राविधिकसहित उच्चस्तरीय टोली पोखरा पुगेर छापा मारेको हो ।त्यसो सर्बसाधरणले समेत सहजै देख्न सक्ने कमजोरीहरु देख्न सकिन्छ।
विमानस्थल निर्माणमा गुणस्तरहीन काम भएको र कमिसन लिएको भन्दै २० वटाभन्दा धेरै उजुरी परेपछि छापा मारेको अख्तियार स्रोतले जनाएको छ । अख्तियारले विमानस्थल निर्माण आयोजनामा काम गर्ने कर्मचारीको बैंक खाता पनि रोक्का राखेको छ ।विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीले अख्तियारको टोली पोखराका आएर फाइल हेरेको पुष्टि गरे । उनले विमानस्थलको कामको गुणस्तरमा कुनै समस्या नरहेको दाबी गरे।पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गएको जनवरीमा उद्घाटन भएर सञ्चालनमा आइसकेको छ । तर अहिलेसम्म सम्झौताअनुसारको काम सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.