नेपालको विजयी सुरुवात सिंगापुर ८ विकेटले पराजित

नेपालको विजयी सुरुवात सिंगापुर ८ विकेटले पराजित

  • सोमबार, कार्तिक १३ २०८०

काठमाण्डु। आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप एसिया क्षेत्रिय छनोटअन्तर्गत होमग्राण्डमा भएको छनौट खेलमा नेपालल शानदार तबरबाट विजयी सुरुवात गरेको छ ।समूह ‘ए’ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा सोमबार(आज) भएको खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गर्दै छनोटमा विजयी सुरुवात गरेको हो ।
जितका लागि चाहिएको १ सय ४६ रनको लक्ष्य नेपालले १६ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।
नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ७४ रन बनाए । उनले ४८ बल खेल्दा ८ चौका र २ छक्का हिर्काए । कप्तान रोहित पौडेलले ३५ रनको योगदान गरे ।आशिफ शेखले २६ बलमा २७ रन बनाउँदा २ चौका र १ छक्का प्रहार गरे । सिंगापुरका लागि अनन्थ कृष्णा र अक्षय पुरीले १-१ विकेट लिए ।टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।
सिंगापुरका लागि रोहन रंगराजनले ४६ रन बनाउँदा आर्यविर चौधरीले ३७ रनको योगदान गरे । मनप्रित सिंहले २४ र जनक प्रकाशले ७ रन बनाए ।नेपालका लागि अविनाश बोहराले सर्विधक ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान २-२ विकेट हात पारे ।यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनायो ।सिंगापुरका लागि रोहन रंगराजनले ४६ रन बनाउँदा आर्यविर चौधरीले ३७ रनको योगदान गरे । मनप्रित सिंहले २४ र जनक प्रकाशले ७ रन बनाए ।नेपालका लागि अविनाश बोहराले सर्विधक ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान २-२ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.