डिजेल र मट्टीतेलको मूल्य घट्यो,पेट्रोल र ग्यासको बढे पनि यथाबत

डिजेल र मट्टीतेलको मूल्य घट्यो,पेट्रोल र ग्यासको बढे पनि यथाबत

  • बुधबार, कार्तिक १५ २०८०

पोखरा। नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटनाएको हो। उक्त घटेको मूल्य आज राति १ बजेदेखि लागू हुने छ।

पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५१ पैसाले बढेर आएको तथा ग्यास ९३ रुपैयाँ ६० पैसाले बढेर आए पनि हाललाई भने मूल्य यथावत राखिएको निगमले जनाएको छ।

अब काठमाडौँ उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.