Skip to content
Pokharapress Logo
३ श्रावण २०८३, आईतवार

गोरखामा कार दुर्घटना!

loading views..
Nepal Telcome

गोरखा। गोरखा बजारको १६ किलो क्षेत्रमा ईलेक्ट्रिक कार दुर्घटनामा परेको छ । दुर्घटनामा कारका चालक सामान्य घाईते भएका छन् । गोरखा बजारदेखी आँबुखैरेती तर्फ जादै गरेको बाग्मती प्रदेश ०१–०२९ च २९७४ नम्बरको ईलेक्ट्रिक कार सोमबार दिउसो दुर्घटनामा परेको हो ।जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठका अनुसार उक्त कार सोमबार दिउसो गोरखा नगरपालिका–११ को १६ किलो भन्ने स्थानमा दुर्घटनामा परेको हो ।दिउसो ३ः३० बजे भएको उक्त दुर्घटनामा कार चालक सिरानचोक गाउँपालिका–३ हर्मीका प्रविण पोख्रेल सामान्य घाईते भएका थिए ।

तिब्र गतिका कारण कार दुर्घटनामा परेको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले प्रारम्भीक अनुमान गरेको छ । कार सडकबाट १० मिटर तल खसेको कार्यालयले जानकारी दिएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link