प्रचण्ड बाबुरामको गोप्य छलफल!

प्रचण्ड बाबुरामको गोप्य छलफल!

  • शनिबार, माघ १० २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र र जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच शुक्रबार भेटवार्ता भएको छ । नेकपाको शुक्रबारको विरोध प्रदर्शनपछि प्रचण्ड र भट्टराईबीच लैनचौरस्थित उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा भेटवार्ता भएको डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी गराएका हुन् । प्रधानमन्त्री ओलीको प्रतिगमनविरूद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयास स्वरूप आफूले प्रचण्डसहित माधव नेपाल, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत अन्य नेताहरूसंग भेटघाट गरेको बताएका छन् ।  “अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने वेला आएको छ।यसै क्रममा मैले ओली प्रतिगमनविरूद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयास स्वरूप पूर्व प्रम र दलका नेताहरू शेरबहादुर देउबा,माधव नेपाल,प्रचण्ड लगायत अन्य नेताहरूसंग भेटघाट गरेको हुँ र गर्दै रहनेछु !” भट्टराईले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.