Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

प्रधानमन्त्री स्वदेश फर्के लगत्तै मन्त्रीमण्डलको सेटै नै परिबर्तन हुने ! रबि लामिछाने गृहमा आउने करिब पक्का!

loading views..

पोखरा। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नेतृत्व सम्हालेको आगामी पुष ११ गते एक वर्ष पुग्दैछ । यो एक वर्षमा सरकारको प्रस्तुतिलाई लिएर जनस्तरबाटै आलोचना सुरू भएको छ ।प्रधानमन्त्री दाहालले सरकारको एक वर्ष पुग्न लागेको बेलामा मन्त्रिपरिषदमा सेट नै चेञ्ज गर्नेगरि छलफल थालेका छन् । यसको लागि उनले सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरिसकेका छन् ।देउवाले पनि मन्त्रीहरुको सेट नै चेन्जगर्ने प्रधानमन्त्री दाहालको चाहनामा आफू बाधक नबन्ने जवाफ दिएको बुझिएको छ । प्रधानमन्त्री दाहाल यतिवेला जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–२८ मा भाग लिनको लागि युएईको दुवईमा छन् ।
उनी काठमाडौं फर्किएलगत्तै मन्त्रिपरिषद् हेरफेर गर्ने उनको चाहना छ । उनले सबै दलबाट सरकारमा सहभागी मन्त्रीहरुको सेट नै परिवर्तन गर्ने तयारी गरेका छन् । यो बीचमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि छलफल भएको छ । प्रधानमन्त्री दाहालले लामिछानेलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।
सो भेटवार्तामा लामिछानेले आफूहरु सरकारमा आउन सकारात्मक रहेको जवाफ दिएको बुझिएको छ । लामिछानेले उपप्रधान एवम् गृहमन्त्री आफुलाई दिइए सरकारमा सहभागी हुन आफू तयार रहेको जवाफ दिएपछि प्रधानमन्त्री दाहालले पार्टीभित्र यसबारेमा छलफल गरेका थिए ।
रविलाई सरकारमा ल्याउने र गृहमन्त्री दिनेबारे प्रचण्डले श्रेष्ठसँग पनि छलफल गरिसकेका छन् । लामिछाने नेतृत्वको रास्वपा सरकारमा सहभागी भए जनता समाजवादी पार्टी बाहिरिन सक्ने चर्चा सुरु भएको छ ।

पछिल्लो समय प्रधानमन्त्री दाहाल र गौर हत्याकाण्डका मुख्य नाइके जसपाका अध्यक्ष उपेन्द्र यादवबीच सम्बन्ध चिसिएको छ। यादवले आफू नेतृत्वको सरकार ढाल्नको लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग लगातार छलफल गरेको भन्दै प्रचण्ड यादवसँग रुष्ट छन् । मन्त्रिपरिषदको सेट नै चेन्ज गर्ने कुरामा नेपाली कांग्रेसका नेताहरुले पनि सहमति जनाएका छन् ।
अहिले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले राम्रो काम गरेर देखाउन नसकेको भनेर कांग्रेसभित्रैबाट आलोचना भैरहेको बेलामा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदमा सेट नै चेन्ज गर्ने तयारी गरेपछि उनीहरु खुशी भएका छन् । प्रधानमन्त्री दाहालले राष्ट्रियसभाको निर्वाचनअघि नै मन्त्रिपरिषद् पूनर्गठन वा सेट चेन्ज गर्ने स्रोतको दाबी छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्