काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ५६ औं वार्षिकोत्सव सम्पन्न भएको छ । शनिबार भर्चुअल रुपमा बैंकको ५६ औं वार्षिकोत्सव सम्पन्न भएको हो ।
वार्षिकोत्सव अवसरमा बैंकले अनलाइनबाट नै खाता खोल्ने सेवा सुरु गरेको छ । यसका साथै बैंकले एकैदिन ५ वटा शाखा कार्यलय र ५ वटा एक्सटेनस्न काउन्टर स्थापना गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पोडेलले उक्त दुई सेवाको भर्चुअल माध्यम मार्फत उद्घाटन गरेसँगैं बैंकको स्मारिका पनि विमोचन गरे ।
बैंकका सिइओ किरण कुमार श्रेष्ठले वार्षिकोत्सवको अवसरमा बैंकले आागामी दिनमा अझ राम्रो गर्दै जाने बताए । यस्तै सो अवसरमा बैंकले वर्षको उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मान गरेको छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.