Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

नेविसंघले मन्त्री किराँतीको राजीनामा माग्दै उनको पुत्ला जलायो

loading views..
Nepal Telcome

काठमाण्डु।सत्तासाझेदार नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै पुत्ला दहन गरेको छ।
नेपाल विद्यार्थी संघ सानोठिमी क्याम्पसको आयोजनामा संगठनका एक दर्जन केन्द्रीय सदस्यको उपस्थितिमा उनीहरुले मन्त्री किराँतीको पुत्ला दहन गरेका हुन्।
किराँतीले धार्मिक सद्भाव भड्काउन खाजेको र समाजमा अराजकता फैलाउन खोजेको नेविसंघका नेताहरुको ठहर छ। ‘स्टन्वाज, धार्मिक सद्भाव भड्काउने गैरजिम्मेवार, नालायक मन्त्री सुदन किराँतीको गलत कदमको विरोधमा पुत्ला दहन गरेका हौँ’, सानोठिमी क्याम्पसका एकाई अध्यक्ष एवं नेविसंघ केन्द्रीय सदस्य एन्जोर कार्कीले भने।
धार्मिक स्वतन्त्रतामा खलल पुर्याउने गतिविधि गर्न कसैलाई छुट नभएको भन्दै केन्द्रीय सदस्य भुवन भट्टले भने, ‘तत्काल प्रधानमन्त्रीले मन्त्री किराँतीलाई बर्खास्त गर्नुपर्छ।’
नेविसंघका नेताहरुले मन्त्रीको राजीनामा माग्दै ‘धार्मिक स्वतन्त्रतामाथि प्रहार गर्न पाइँदैन’, ‘पर्यटन मन्त्रालयमा भइरहेको भ्रष्टाचारको छानबिन गर’लगायतका नारा लगाएका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link