Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

किरात याक्थुङ चुम्लुङको पोखरामा शुभकामना आदानप्रदान

loading views..

किरात याक्थुङ चुम्लुङको आयोजना आज पोखरामा चासोक तङनाम अर्थात उधौली चाड मनाईएको छ।प्रकृतिक पुजक किरातहरुले उधौली पर्वलाई अन्न भित्राउने चाडको रुपमा मनाउने गर्दछन।
किरात याक्थुङ चुम्लुङ पोखराले उधौली चाडका अवशरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी गण्डकी प्रदेसकी सामाजिक,स्वास्थ्य तथा शिक्षा मन्त्री माननिय शुसीला सिंखडाले भनिन,’आ-आफ्नो समुदायको सस्कृतीको रक्षा गर्नु पनि संघीयतालाई सफल बनाउनु हो।पहिचान सहित संघियता हुदां राम्रो हुने,बताउदै मन्त्री सिखडाले,गणतन्त्र,संघियता र समावेसी लगायत परिवर्तन तथा पहिचान विरोधीलाई खवरदारी गर्न अनुरोध गरिन।
उधौली चाडको कार्यक्रममा लेखक तथा विश्लेषक विपिन आचार्य,यातयात ब्यवसायी खडग बहादुर बिक,संस्थाका पुर्व अध्यक्ष धन बहादुर लिम्बु,सल्हाकार सञ्जीव लिम्बु,दिल बहादुर लिम्बु तथा सुवद्रा खड्का र दिलमाया गुरुङ लगायतले शुभकामना सहित पहिचानको पक्षमा आफ्ना भनाईहरु राखेका थिए।
उक्त कार्यक्रम याक्थुङ चुम्लुङ पोखरा की अध्यक्ष शान्ति लिम्बुको अध्यक्षतामा भएको थियो भने सन्चालन संस्थाका सचिव लक्ष्मी प्रसाद लिम्बुले गरेका थिए।स्वागत मन्तब्य भने लक्ष्मण लिम्बुले राखेका थिए।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्