Skip to content
Pokharapress Logo
२९ मंसिर २०८२, सोमबार

पूर्व जनमुक्ति सेनासँग ओलीको भेट

loading views..

काठमाडौं। काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाका कमान्डरसँग छलफल गरेका छन् । ओलीले बालुवाटार बोलाएर शनिबार उनीहरूसँग छलफल गरेका हुन् ।

छलफलमा उनले आफूले जनमुक्ति सेनाको भावना र समस्या बुझेको बताउँदै समस्याको राजनीतिक रूपमा समाधान गर्ने आश्वासन दिएका छन् ।

ओलीले भने, ‘जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ । नेतृत्वले तपाईंहरुको भावनाको दुरूपयोग गर्‍यो । हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं । नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन ।’

loading views..

arrow प्रतिक्रिया दिनुहोस्