Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

बारा प्रहरीद्वारा करिब १ करोड मूल्य बराबरका भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा

वीरगञ्ज। जिल्ला प्रहरी कार्यालय बाराले ९३ लाख मूल्य बराबरका भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।प्रहरीले ९३ लाख ३६ हजार मूल्य बराबरको ट्रकसहितको सामान बरामद गरेको हो । प्रहरी चौकी पथलैया बाराबाट खटिएको विशेष प्रहरी टोलीले उक्त ट्रक नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१ स्थित पथलैया चोकबाट ट्रक बरामद गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जनाए ।वीरगञ्जबाट काठमाण्डौतर्फ जादै गरेको ना.४ ख ८३५८ नम्बरको ट्रकमा लोड रहेका खुद्रा सामानको बिल विजक शंकास्पद फेला परेपछि नियन्त्रणमा लिइएको उनले बताए । ट्रकमाथि आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बारा प्रहरीले जनाएको छ ।

arrow प्रतिक्रिया दिनुहोस्