Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

नेपाल विज्ञापन संघको अध्यक्षमा थापा, महासचिवमा कृष्ण घिमिरे विजयी

loading views..
Nepal Telcome

काठमाण्डौं। नेपाल विज्ञापन संघको नयाँ अध्यक्षमा एएनएस क्रियसनका अध्यक्ष सुदिप थापा विजयी भएका छन् । आइतबार भएको आनको ११ औं कार्यसमितिको निर्वाचनमा अध्यक्षमा एएनएस क्रियसनका थापासहित प्रथम उपाध्यक्षमा आउटरिच नेपालका उजय शाक्य, द्धितिय उपाध्यक्षमा प्रिज्मार्क मार्केटिङका पंकजलाल प्रधानलाई चयन गरेको हो ।

यस्तै महासचिवमा फ्युचर हब मिडिया मल्टिपर्पाेजका कृष्णप्रसाद घिमिरे, सचिवमा पब्लिक एडभरटाइजिङका सन्तोष खड्का, सहकोषध्यक्षमा मिडिया टाइम्सका अरुणकाजी स्थापित निर्विरोध निर्वाचित भएका हुन । त्यस्तै, कोषध्यक्षमा जोइन मिडियाका साजन श्रेष्ठले ७३ मत पाएर विजयी भए भने उनका प्रतिद्धन्द्धी जिरो मिडियाका जीवन पोखरेलले २५ मत पाएका थिए । त्यस्तै, सदस्यहरुमा रोशन रेग्मी(आरसी), रोशन पौडेल, सन्तोष सिलवाल(गिरी), प्रभात रिमाल, दिपेन्द्र पौडेल, विद्यान राजभण्डारी र मनिस अधिकारी भएका छन् ।
यस्तै संघको सदस्यहरुमा बिजनेश युनिटका रोशन रेग्मी ‘आरसी’, एड फ्याक्टरका सन्तोष सिलवाल गिरी, रेड पाण्डा एड लिंकका दिपेन्द्र पौडेल, मेक वेजका विधान राजभण्डारी, रेडियो लिंकका रोशन पौडेल, मार्सका मनिस अधिकारी र भोग एड एण्ड इभेन्ट म्यानेजमेन्टका प्रभात रिमाल निर्वाचित भएका छन् । संघका पदाधिकारी तथा सदस्यहरुले आइतबार नै शपथ ग्रहण गरेका छन् । संघको निर्वाचनबाट सवै विज्ञापन क्षेत्रको प्रतिनिधित्व रहेको र नयाँ कार्यसमिति तीन वर्षको लागि निर्वाचित भएको संघले जनाएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link