Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

नेकपा बहुमतले केपी शर्मा ओलीलाई आज पार्टीको साधरण सदस्य पनि नरहने गरेर कार्बाही गर्ने

loading views..
Nepal Telcome

काठमाडौं। नेकपा बहुमतले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई पार्टीबाटै निष्कासन गर्ने तयारी गरेको छ । बहुमतले यसअघि ओलीलाई अध्यक्ष पदबाट हटाउँदै उनको स्थानमा वरिष्ठ नेता माधव कुमार नेपालाई अध्यक्ष चयन गरिसकेको छ । यसअघि पार्टीको अनुशासन र विधि विधान विपरित काम गरेको भन्दै स्पस्टीकरण सोधिएकोमा उनले उक्त स्पस्टीकरणको जवाफ नदिएपछि पार्टीबाटै निष्कासन गर्न लागिएको नेकपा बहुमतका  एक शीर्ष नेताले जानकारी दिए ।
ती नेताका अनुसार आइतबार बस्ने स्थायी समिति बैठकले ओलीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गर्नेछ ।

पार्टीले ओलीलाई स्पस्टीकरण सोधेको थियो । तर उहाँले जवाफ दिनुभएन । त्यसकारण उहाँलाई पार्टीबाटै हटाउनुको विकल्प भएन’, स्रोतले रातोपाटीलाई भन्यो, ‘यसअघि अध्यक्षबाट मात्रै हटाइएको थियो अब पार्टीबाटै हटाइन्छ ।’
नेकपाको स्थायी समिति बैठक आइतबार दिउँसो १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ । प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेसँगै प्रचण्ड माधव पक्ष लगातार संघर्षमा छ ।

नेकपाको यो बहुमतसहित काँग्रेस, जसपा लगायतका दल तथा नागरिक समाजका अगुवा, बुद्धिजीवी, विद्यार्थी, मजदुर लगायतले ओली कदमको विरोध गर्दै प्रतिनिधिसभा पुनःस्थापना गरेर मात्रै प्रतिगामी कदम सच्चिने बताउँदै आएका छन् । रातोपाटीबाट

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link