Skip to content
Pokharapress Logo
११ असार २०८३, बिहीबार

प्रधानमन्त्री प्रचण्डकको सचिबालयबाट सावित्री अधिकारी लगायत १८ जनालाई घोक्रेठ्याक लगाउने निश्चित!

loading views..
Nepal Telcome

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयका १८ जना बेकामे बिचौलिया स्वभाबका कर्मचारी एकै पटक कटौती गरेका छन् ।यसअघि प्रधानमन्त्रीले आफ्नै सचिवालयबाट शुद्वीकरण सुरू गर्ने प्रतिवद्वता व्यक्त गरेका थिए । प्रधानमन्त्रीको सल्लाहकार सचिवालयमा ५, स्वकीय सचिवालयमा ३१ र निजी सचिवालयमा ४ जना थिए । जसमध्ये सरकारीतर्फका १० र निजीतर्फका ८ जनालाई हटाइएको हो । हटाइएकामा जनसम्पर्क सल्लाहका देवेन्द्र पराजुली, प्रशासन सल्लाहकार रामदीप आचार्य देखि एउटा इमान्दार पात्र प्रेस संयोजकको भूमिकामा रहेका सुर्य किरण शर्मा सम्म छन् । पराजुली र आचार्य राज्यमन्त्री सरहको सुविधा पाउने गरी वैशाख ४ गते प्रधानमन्त्रीको सचिवालयमा नियुक्त भएका थिए । यस्तै ढुंगाना सहसचिव सरहको सुविधा पाउनेगरी गत पुस २८ गते नियुक्त भएका थिए ।यसै गरेर काम भन्दा हल्लै बढी गर्ने रमेश गुरागाई,ओमकुमारी पौडेल, सावित्री अधिकारीलाई सचिबालयबाट बिदाई गरिएको छ।
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्य, परराष्ट्र सल्लाहकार रूपक सापकोटा, प्रमुख स्वकीय सचिव सन्तकुमार दरै, स्वकीय सचिव रमेश मल्ल ,गंगा दाहाल र बुद्धिबहादुर जिसी भने यथावत् रहनेछन् । यसैगरी स्वकीय सहसचिव रहेका प्रेस विज्ञ मनहरि तिमिल्सिना, शिव खकुरेल, र गोर्कण भट्ट पनि जिम्मेवारीमा यधाबत रहने भएका छन्। सुर्यकिरण शर्माको स्थानमा सहिद परिवार तथा राससका हरि लामिछानेलाई ल्याइएको जानाकारी प्रधानमन्त्री श्रोतले बतायो।फोटो पत्रकार प्रदिपराज वन्त पारिबारिक र स्वास्थ्यको कारण बिदा भएका छन्।

 

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link