Skip to content
Pokharapress Logo
१७ जेष्ठ २०८३, आईतवार

प्रचण्ड नेतृत्वको सरकार निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक हो:केपी ओली

loading views..
Nepal Telcome

माघ ५,काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) नेतृत्वको गठबन्धन सरकारलाई देशद्रोहीको संज्ञा दिएका छन्।बिहीबार पार्टीको खेलकुद संगठन खेलकुद महासंघको कार्यक्रममा उनले सरकार निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक भएकाले देश बर्बाद हुनबाट जोगाउन गठबन्धन भत्काउनेसम्म पहल गर्नुपर्ने बताए । त्यसका निम्ति आफूहरूले अत्यन्त सशक्त रुपमा सुसंगठित हुनुपर्ने उनको भनाइ थियो।

‘एक जनाले भनेका थिए– कोसँग मेरो गर्धन जोडिएको छ, घाँटी जोडिएको छ। यिनीहरूको सबैको घाँटी एकै ठाउँमा जोडिएको छ। यिनीहरूको घाँटीमात्रै होइन सिंगै शरीर जोडिएको छ,’ ओलीले भने, ‘अंग्रेजीमा भनाइ छ– बर्ड्स अफ् द सेम फिगर फ्लाइ टुगेदर। यी एकै वंश, एकै नश्लका हुन्। र यी भ्रष्टाचार वंशका हुन्। यी कमिसनतन्त्रीय वंशका हुन्। यिनको गोत्र निकम्मा गोत्र हो। यिनको जात देशद्रोही हो।’यस स्थितिमा उनले आफूहरूले मिसन २०८४ पर्खिन नसक्ने अवस्था पनि आउन सक्ने बताए। ‘देश बर्बाद हुन लाग्यो भने कहाँ हामीले मिसन २०८४, २०८४ को चुनाव भनेर हुन्छ?’ उनले भने ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link