Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

माछापुच्छ्रे बैंकले तीन प्रदेशका तीन सरकारी विद्यालयलाई सहयोग गर्ने

loading views..
Nepal Telcome

माघ १०,काठमाडौं। माछापुच्छ्रे बैंकले विभिन्न प्रदेशका सरकारी विद्यालयहरूलाई सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरूलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको हो ।बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्लास्थित शारदा नगरपालिका– १५, माल्नेटामा रहेको श्री त्रिभुवन जन माध्यमिक विद्यालयमा खानेपानी सुविधाका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सहयोग गर्ने भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला गोदावरी नगरपालिका– ६, बडेहाँस्थित श्री शैलेश्वरी उच्च माध्यमिक विद्यालय परिसरमा शौचालय निर्माण गर्न गर्ने भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकले दुवै विद्यालयसँग हस्ताक्षर गरेको छ ।

त्यसैगरी, बैंकले बागमती प्रदेशको काठमाडौं महानगरपालिका– ४, लम्टङ्गिनस्थित पञ्चकन्या आधारभूत विद्यालयलाई आवश्यक सभाहलको निर्माणका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link