ओलीको ओरालो लागेको यात्रालाई उनको दमनकारी नीतिले पुष्टी गरेको छ: पौडेल

ओलीको ओरालो लागेको यात्रालाई उनको दमनकारी नीतिले पुष्टी गरेको छ: पौडेल

  • बुधबार, माघ १४ २०७७

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको कांग्रेस वरिष्ठ नेता पौडेलले आरोप लगाएका हुन् ।

उनले दमनले नागरिकलाई थप उर्जा प्रदान गर्ने र अझै प्रतिमनसंग डटेर लड्नका लागि प्रतिगमनविरुद्धका सबै आन्दोलनमा आफ्नो साथ र सर्मथन रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सोमबार प्रबुद्ध नागरिकमाथि प्रहार भयो । तर, दमनले नागरिकलाई थप उर्जा प्रदान गर्दछ र अझै प्रतिमनसंग डटेर लड्नका लागि प्रतिगमन विरुद्धका सबै आन्दोलनमा मेरो साथ र सर्मथन रहनेछ ।’

उनले अगाडि लेखेका छन्, ‘हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरि बरबराउने र नागरिकमाथि दमनमा उत्रने गर्दछन्, जसरी अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सनुभएको छ ।’

पौडेलले लोकतन्त्र र लोकतान्त्रिक संविधानको रक्षाका लागि हुने आन्दोलनमा आफू अघिल्लो मोर्चामा हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.