Skip to content
Pokharapress Logo
९ कार्तिक २०८३, आईतवार

लगानी बढ्न नसक्नुमा नीतिगत समस्या मुख्य कारक, महासंघ अध्यक्ष ढकाल

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा स्वदेशी एवम् विदेशी लगानी बढ्न नसक्नुमा नीतिगत समस्या मुख्य कारण रहेको बताउनुभएको छ ।
महासंघ अध्यक्ष ढकालले परम्परागत कानुन, नीति तथा नियमहरु लगानीका प्रमुख बाधक रहेको बताउनुभएको छ ।
उहाँले सरकारद्वारा गठित कानुन सुधार समितिले दिएको सुझाव बमोजिम संशोधन प्रस्ताव पारित भई कार्यान्वयन भएमा स्वदेशी एवं विदेशी दुवै लगानी आकर्षित हुने बताउनुभयो ।
सरकारले अगामी वैशाख महिनामा हुने लगानी सम्मेलनलाई लक्षित गरी प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्यालको संयोजकत्वमा कानुन सुधार समिति गठन गरी मौजुदा नीतिगत, संरचनागत एवं प्रक्रियागत सुधारका लागि सुझाव लिएको थियो ।
समितिले मुलुकमा स्वदेशी एवं विदेशी लगानी आकर्षित गर्न एक दर्जन कानुन र नियमावलीमा संशोधन प्रस्ताव गरी नेपाल सरकारका मुख्य सचिव डा वैकुण्ठ अर्याललाई हस्तान्तरण गरेको छ ।
ढकालले समितिले दिएका सुझावहरु सकारात्मक रहेको बताउँदै नीतिगत सुधारका लागि पेश भएका संशोधन प्रस्ताव पारित भई कार्यान्वयन भएमा स्वदेशी एवं विदेशी निजी क्षेत्र आकर्षित हुने अपेक्षा गर्न सकिने बताउनुभएको छ ।
उक्त समितिको सदस्य समेत रहेका अध्यक्ष ढकालले लगानी प्रोत्साहित गर्न अहिले गठन भएको कानुन सुधार समितिलाई निरन्तरता दिनुपर्ने सुझाव पनि पेश गर्नुभएको छ । समितिमा सम्बन्धित मन्त्रालय र लगानी बोर्डका सह सचिव एवं अधिकारीहरु सदस्य छन् ।
समितिले औद्योगिक व्यवसाय ऐन २०७६, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, विशेष आर्थिक क्षेत्र ऐन २०७३, वन ऐन २०७६, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, भूमि सम्बन्धि ऐन २०२१, जग्गा प्राप्ति ऐन २०३४, वातावरण संरक्षण ऐन २०७६, विद्युतीय कारोबार ऐन २०६३, नागरिक उड्ययन ऐ्न २०५३ का साथै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ र वन नियमावली २०७९ मा संसोधन प्रस्ताव गरेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link