Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

अध्यागमनका धन्दावाला अधिकृतसहित ४ जना जेल चलान, ६ जनासँग धरौटी माग

loading views..
Nepal Telcome

काठमाडौं। भिजिट भिसा प्रकरणमा मुछिएका अध्यागमन विभागका अधिकृत नरवीर खड्का पुर्पक्षका लागि जेल चलान भएका छन् ।जिल्ला अदालत काठमाडौंले मंगलबार उनीसहित चार जनालाई पुर्पक्षका लागि कारागार चलाउन आदेश दिएको हो । कारागार चलान हुनेमा अधिकृत खड्कासहित मनोज तामाङ, सरोज कुमार यादव र अरूण दाहाल रहेका छन् ।अदालतले अन्य ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

उनीहरूमाथि नक्कली कागजात बनाएर भिजिट भिसामा पठाउने गिरोहसँग मिलेको आरोप लागेको छ ।
भिजिट भिसामा युवाहरूलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा ९ जना अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध चलाइएको मुद्दामा उक्त आदेश आएको हो।
यही माघ १८ गते जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते गरी संगठित अपराध गरेको आरोपमा फरार रहेका १२ जनासहित २२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
मंसिर १८ मा अध्यागमन अधिकृत नरवीर खड्कालाई सरकारी कागजात किर्ते गरी नेपाली नागरिकलाई भिजिट भिसामार्फत विदेश पठाउने गिरोहमा सक्रिय रहेको आरोपमा अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link