Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

अनेरास्ववियूले सरकारी गाडी दुरूपयोग हुन नदिने!

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमविरुद्ध अनेरास्ववियूले तेस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

तेस्रो चरणको आन्दोलन अन्तर्गत अनेरास्ववियूले मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार, सरकारी नम्बर प्लेटका गाडीहरुमा रोक साथै स्थानीय तह र प्रधानमन्त्रीसमेतलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको जनाएको छ।

तेस्रो चरणको विरोध कार्यक्रममा अनेरास्ववियूले सरकारी गाडी चलाउन प्रतिबन्द गर्ने घोषणा गरेको छ। अहिले सरकारले पञ्च भेलाको आयोजना गर्दै सरकारी सम्पत्ती खर्च गरेको भन्दै पञ्च भेलामा सरकारी सम्पत्ती खर्च गर्न बन्द गराउने घोषणा गरेको हो। अनेरास्ववियूले आजैदेखि केन्द्रीय मन्त्रीहरुलाई कालो झण्डा देखाउन सुरु गर्ने घोषणा गरेको छ। दोस्रो चरणको कार्यक्रममा पनि अनेरास्ववियूले कालो झण्डा देखाएको थियो।

आन्दोलनअन्तर्गत माग १८–१९ गते स्थानीय तहका सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम छ। अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा यातायात तथा खाने बस्ने व्यवस्था स्थानीय सरकारले गर्ने भएकाले त्यसो नगर्न ज्ञापन पत्र बुझाउन लागेको अनेरास्ववियूको सहसंयोजक रञ्जित तामाङले बताए।

माग २९ गते सुरक्षा निकाय, संवैधानिक निकाय, कर्मचारी प्रशासनलाई प्रतिगामी सरकारको भद्र अवज्ञा गर्न आग्रह गर्ने भएको छ। माग २१ गते प्रत्येक क्याम्पस अगाडि कालो झण्डासहित आधा घण्टा चक्का जाम गर्ने भएको छ।

माग २२ र २३ गते पूर्णरुपमा सरकारी नम्बर प्लेटका गाडीहरु चल्न नदिने, २२ गते युवा मास प्रर्दशन गर्ने तयारी गरेको छ। माग २५ गते केपी ओलीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ। राज्य र सरकारी सम्पत्ती दोहन गर्नु नयाँ प्रकारको फाँसिवाद लागु गर्न खोजेको अनेरास्ववियूले जनाएको छ । प्रतिगामी सरकार र प्रतिगामी शक्तिको पक्षमा गर्ने कार्यक्रमको डटेर विरोध गर्न पनि अनेरास्ववियूले आफ्नो नेताकार्यकर्तालाई निर्देशन दिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link