Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

नवनिर्वाचित राष्ट्रियसभा अध्यक्ष नारायण दाहालद्वारा पदभार ग्रहण

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले पदभार सम्हालेका छन् । अध्यक्षमा निर्वाचित भए लगत्तै शपथग्रहणपछि पदभार ग्रहण गरेका हुन् ।

मंगलबार भएको मतदानमा दाहाल कांग्रेसका तर्फबाट उम्मेदवार बनेका युवराज शर्मालाई पराजित गरी अध्यक्षमा निर्वाचित भएका थिए ।

शीतल निवासमा एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथलगत्तै राष्ट्रियसभा अध्यक्षको पदभार सम्हाल्नुअघि उनले सहिद स्मारक लैनचौर पुगेर माल्यार्पण गरेका थिए ।

arrow प्रतिक्रिया दिनुहोस्