Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

महेश बस्नेत विरुद्ध भ्रूण हत्या, बलात्कार मुद्दामा जाहेरी दर्ता

loading views..
Nepal Telcome

पोखरा। नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । मुलुकी अपराध संहिता–२०७४ अनुसार उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा फौजदारी कसुरमा जाहेरी  दर्ता भएको हो । युवतीले उनलाई भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी हुन् । उनले हुलाकमार्फत पठाएको जाहेरी दर्ता भएको परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिएका छन् । बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छन् । पीडितले प्रहरीमा दिएको जाहेरीमा काठमाडौँ महानगरपालिका–१० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट र भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयर अस्पतालमा बलात्कार गरेको उल्लेख छ । बस्नेतमाथि २ महिना १५ दिनको भ्रूण हत्या गरेको पनि आरोप छ । औषधि खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रूण हत्या गरेको पीडितले आरोप लगाएकी छन् । मुलुकी अपराध संहिता ०७४ को दफा–१८८ को विपरीत भ्रूण हत्या गरेको कसुरमा बस्नेतलाई कारबाही गर्न माग गरिएको छ । समाचारपत्रबाट

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link