Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

पर्यटन व्यवसायीलाई चिनीयाँ भाषा तालीम

loading views..
Nepal Telcome

पोखरा।नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले पोखरामा कृयाशिल ४२ जना पर्यटन व्यवसायीका लागि चिनीया भाषा कक्षा तालीम सोमबारदेखि सुरु गरेको छ ।

नेपाल आउने चिनीया पर्यटकसँग सामान्य बोलीचालीमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ एक महिने आधारभूत चिनीया भाषा कक्षा तालीम सञ्चालन गरिएको नाट्टा गण्डकी प्रदेशका महासचिव कमला गिरीले जानकारी दिनुभयो ।

तालीमको ढद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले कोरोनाका कारण प्रभावित पर्यटनलाई पुर्नस्थापित गर्नु अहिलेका आवश्यकता भएको बताउनुभयो ।

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोना प्रभावित पर्यटन चाँडै नै पूर्ववत् अवस्थामा फर्कने विश्वास व्यक्त गर्दै चिनीया भाषा कक्षा तालीम बहुउपयोगी बन्ने बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले कोरोनाले शिथिल बनेको पर्यटनलाई पुनरोत्थान गर्न विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरिएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पोखरा ओभर्सिज चाइनिज एशोसिएसनका सचिव Xiang Shasua, यातायात व्यवस्था कार्यालय पोखराका प्रमुख डिल्लीप्रसाद रिजाल, नाट्टा पूर्व अध्यक्ष परिषद्का सह संयोजक पशुपति शर्मा, नाट्टा गण्डकी प्रदेशका प्रथम

उपाध्यक्ष हरिराम अधिकारी, सचिव संगीता पौडेल लगायतले कोरोना प्रभावित पर्यटनलाई पुनरोत्थानका लागि सरकारको पर्यटनमैत्री नीति आवश्यक हुनेमा जोड दिनुभयो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link