Skip to content
Pokharapress Logo
१५ मंसिर २०८२, सोमबार

घुस रकम सहित मालपोतका सुब्बा पक्राउ

बिना घुस के मालपोत कार्यालय!

loading views..

बुटवल। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव सुब्बालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।

जग्गा नामसारी गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ३० हजार रकम लिँदै गरेको अवस्थामा मालपोत कार्यालयका नायव सुब्बा नरहरी खनाललाई अख्तियारले नियन्त्रणमा लिएको हो।

तौलिहवास्थित मालपोत कार्यालय नजिकै रहेको उनको कोठाबाटै नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्