Skip to content
Pokharapress Logo
२७ श्रावण २०८२, मंगलवार

बैंकहरूले जेठका लागि कति बनाए ब्याजदर : कसको कति घट्यो ?

पोखरा, १ जेठ। वाणिज्य बैंकहरुले जेठ महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। व्यक्तिगत तर्फ मुद्दती निक्षेपको ब्याजदर जेठ महिनाका लागिऔसतमा ७.०७ प्रतिशत कायम  भएको छ । वैशाखमा औसत ब्याजदर ७.१५ प्रतिशत रहेको थियो । १९ बैंकहरुको ब्याजदर ०.०८ विन्दुले घटको हो ।

९ बैंकको ब्याजदर घटेको छ भने ७ बैंकहरुले वैशाखकै ब्याजदरलाई जेठमा पनि निरन्तरता दिएका छन् । ३ बैंकहरुले ब्याजदर बढाएका छन् ।

ब्याजदर बढाउनेमा एनआइसी एसिया, प्रभु र ग्लोबल आइएमई बैंक रहेका छन् । मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर दिनेमा एनएमबि बैंक रहेको छ भने सबैभन्दा कम ब्याजदर नेपाल एसबीआई बैंकको रहेको छ ।

arrow प्रतिक्रिया दिनुहोस्