Skip to content
Pokharapress Logo
२१ मंसिर २०८२, आईतवार

गैह्र कानूनी रुपमा बस्दै आएका विदेशी नागरिकहरुलाई स्वदेश फिर्ता

loading views..

असार ६,पोखरा। पर्यटक प्रहरी कार्यालय पोखराले, जिल्ला प्रहरी कार्यालय कास्कीसँग समन्वय गरी मिति २०८१।०३।०५ गते  पोखरा महानगरपालिका वडा.नं. ६ लेकसाईडबाट गैह्र कानूनी रुपमा बस्दै आएका क्यानडाका नागरिक र पोखरा महानगरपालिका वडा.नं. १८ सराङकोटबाट जर्मनका नागरिकलाई फेलापारी आवश्यक कारबाहीको लागि अध्यागमन विभाग कालिका स्थान काठमाडौं पठाइएको प्रहरी श्रोतले जानाकारी दियो।

साथै पर्यटक प्रहरी कार्यालय कास्कीले गत अप्रिल महिना देखी हालसम्म (Over Stay) गैह्रकानूनी रुपमा बसोबास गर्दै आएका UK, Canada, Germany, Israel, Chile, Costa Rica र Republic of Congo का गरी जम्मा १२ जना विदेशी नागरिकहरुलाई खोजतलास गरी सम्बन्धित देशमा फिर्ता पठाउनको लागि अध्यागमन शाखा कार्यालय, कास्की मार्फत अध्यागमन विभाग कालिकास्थान काठमाडौं पठाइएको कुरा प्रहरीले विज्ञप्ति मार्फत जानकारी गराएको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्